ब्राजिललाई पछि पार्दै जर्मनी बन्यो विश्वकपमा सबैभन्दा बढी गोल हान्ने राष्ट्र

खबरपथ संवाददाता
२ असार २०८३, मंगलवार ०७:३३

काठमाडौं ।  कुराकाओमाथि सानदार बिजयसँगै जर्मनीले ब्राजिलको सबैभन्दा बढी गोल गर्ने राष्ट्रको रेकर्ड तोडेको छ ।

प्रतियोगितामा राष्ट्रहरूले गरेको गोलको हिसाबले २०२६ को प्रतियोगितामा आफ्नो पहिलो खेलमा कुराकाओमाथि जर्मनीको विजयसँगै उनीहरूले ब्राजिलको रेकर्डभन्दा एक गोलले झिनो अन्तरले माथि उक्लिएका हुन्।

कुराकाओमाथी ७–१ को अन्तरले जीत हासिल गरेकोसँगै जर्मनी विश्वकपमा सबैभन्दा बढी गोल गर्ने राष्ट्र बनेको छ । अब जर्मनी २३९ विश्वकप गोलसहित शीर्ष स्थानमा पुगेको छ भने ब्राजिल २३८ गोलसहित आफ्नो विश्व रेकर्डवाट दोस्रो स्थानमा झरेको छ। ब्राजिल प्रतियोगितामा १५२ पटक गोल गर्ने तेस्रो स्थानमा रहेको कट्टर प्रतिद्वन्द्वी अर्जेन्टिनाभन्दा अझै ८६ गोल अगाडि छ। तेस्रो स्थानमा रहेको अर्जेन्टिनाले १५२ गोल हानेको छ।

यसैगरी हालसम्मका विश्वकप फुटवलमा चौथों नम्बरको फ्रान्सले १३६ गोल, पाँचौं नम्बरको इटालीले १२८ गोल, छैटौंको स्पेनले १०८ गोल र सातौंमा इङ्गल्याण्डले १०४ गोल गरेर रेकर्ड कायम गरेका छन । यी ७ राष्ट्रले मात्रै विश्वकपमा अहिलेसम्म १०० भन्दा बढी गोल गर्ने राष्ट्रको रेकर्ड बनाएका छन ।

उता, नेदरल्याण्ड्सले ९८, उरुग्वेले ८९ र हंगेरीले ८७ गोल हानेर प्रतियोगितामा शीर्ष १० सर्वाधिक गोल गर्ने राष्ट्रहरूमा परेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*