सह आयोजक क्यानडाको ६-० को ऐतिहासिक जीत
काठमाडौं । सह आयोजक क्यानाडाले कतारमाथि ६-० को जित निकालेको छ ।
भ्यानकुभरस्थित बिसी प्लेस मैदानमा जोनाथन डेविडले ह्याट्रिक गरे ।
साइले लारिन र नाथन डेलान सालिबाले समान एक गोल गर्दा कतारका मोहम्मद अल मानाइले आत्माघाति गोल गरेका थिए ।
२३औं संस्करणको प्रतियोगितामा अर्जेन्टिनाका कप्तान लियोनल मेसीपछि दोस्रो ह्याट्रिक भएको छ । जोनाथनले भने विश्वकपमा पहिलो ह्याट्रिक गरेका हुन् ।
यो खेलमा कतार ९ खेलाडीमा सिमित भयो । पहिलो हाफको ३३औं मिनेटमा होमन अल अमिन र ५३औं मिनेटमा असिम मादिबोले रातो कार्डको सामना गरेका थिए ।
योसँगै प्रतियोगितामा कूल ५ रातो कार्ड देखाइएको छ । २७ खेलमै पाँच रातो कार्ड देखाउँदा सन् २०२२ को विश्वकपमा भने कूल ४ मात्रै रातो कार्ड देखाइएको थियो ।
यता, क्यानाडाले पहिलो जित निकाल्दा कतार भने अझै पहिलो जितकै खोजीमा रहेको छ । उसले अन्तिम खेल समूह जुन २५ मा बोस्नियासँग खेल्नेछ ।
यो खेलपछि समूह ‘बी’ मा क्यानाडा र स्विजरल्यान्ड्सको समान चार अंक भएको छ । ६ गोल गरेपछि क्यानाडा शीर्ष स्थानमा उक्लियो । यो जितपछि दुबै टोलीको नकआउट चरण सम्भावना पनि बलियो बनेको छ ।
बोस्निया र कतारको भने समान एक अंक छ ।
बिहानै भएको खेलमा स्विजरल्यान्डले १० खेलाडीमा सिमित बोस्नियालाई ४–१ ले हरायो ।





















