कांग्रेस प्रमुख सचेतककाे प्रश्न : चिया पिउन भ्याउनेले चिया किसानको समस्या समाधान किन नगरेकाे ?

खबरपथ संवाददाता
३ असार २०८३, बुधबार १३:३७

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले सरकारले चिया उद्योग र किसानका समस्याप्रति गम्भीर नभएको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बैठकमा आज बोल्दै प्रमुख सचेतक राईले भारतले चीया निर्यातमा अघोषित प्रतिबन्ध लगाएका कारण इलामसहित पूर्वी पहाडी जिल्लाका चिया उद्योग र किसानहरू गम्भीर संकटमा परेको समेत जनाए ।

‘मैले योसँग सातौँ पल्ट भयो यो कुरा उठाएको। प्रधानमन्त्री मन्त्रीहरूलाई लिएर देश बनाउँदै हुनुहुन्छ। सामाजिक सञ्जालमा हेरेर थाहा पाएको, उहाँ चिया पसलमा गएर चिया पिउन पनि भ्याउनुहुन्छ तर वार्षिक ३ करोड बढी तयारी चिया निर्यात हुने र अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको चिया उद्योगी र किसानको समस्या समाधान गर्न उहाँले फुर्सद पाएको देखेको छैन’ उनले भने ।

उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गएको, श्रमिकको रोजगारी गुमेको तथा उद्योगीहरू बैङ्कको ऋणको ब्याज तिर्न नसक्ने अवस्थामा पुगेको उनले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*