नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन : मतगणना कार्य जारी

खबरपथ संवाददाता
२३ बैशाख २०८३, बुधबार ११:१९

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य अहिले जारी रहेको छ । नयाँ नेतृत्वका लागि काठमाडौंमा सम्पन्न मतदान प्रक्रियापश्चात मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना शुरु गरेको हो । महासंघको वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र कार्यकारिणी सदस्य पदका लागि भएको यस निर्वाचनमा विभिन्न प्यानल बनाएर उद्योगी व्यवसायीहरू चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । निर्वाचन समितिले दिएको जानकारीअनुसार हाल विभिन्न क्लस्टरतर्फको मतगणना भइरहेको छ र परिणामहरू क्रमशः सार्वजनिक गर्ने तयारी गरिएको छ ।–न्युज एजेन्सी नेपाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*