राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीले दुई बिधेयक प्रस्तुत गराउने

खबरपथ संवाददाता
१७ जेष्ठ २०८३, आईतवार ०७:२३

काठमाडौं  । राष्ट्रियसभाको  बैठक बस्दैँछ  ।

संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । सो बैठक बिहान ११ः१५ बजेवाट सुरू हुनेछ ।

आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभावाट सन्देशसहित प्राप्त ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संसोधन)  बिधेयक, २०८३ माथी दफावार छलफल गरियोस् र पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ।

साथै, प्रधानमन्त्री शाहले  प्रतिनिधिसभावाट सन्देशसहित प्राप्त ‘मतदाता नामावली (पहिलो संसोधन) बिधेयक, २०८३’ माथी दफावार छलफल गरियोस् र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*