प्रतिनिधिसभाको बैठक बस्दै, राष्ट्र बैंक संबन्धी बिधेयक प्रस्तुत गरिने
काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।
संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । सो बैठक अपरान्ह १ः०० बजेवाट सुरू हुनेछ ।
आजको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौंदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौंदा समितिको प्रतिवेदन, २०८३’ माथी छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने, प्राप्त संसोधनहरूलाई निर्णायार्थ प्रस्तुत गर्ने र पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्दैछन् ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संसोधन) बिधेयक, २०८३’ प्रस्ताव गर्न अनुमति माग्ने र प्रस्तुत गर्नेछन भने युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘अन्तराष्ट्रिय श्रम संगठनको श्रम निरिक्षण सबन्धी महासन्धी १९४७ (नं ८१ )’ पेश गर्ने तथा ‘अन्तराष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सबन्धी सन २०१४ को प्रोटोकल नं २९’ पेश गरिने सम्भावित कार्यसुचीमा उल्लेख छ ।






















