नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् ।
प्रचण्डको सचिवालयका अनुसार बिगत ३–४ दिन देखी स्वास्थ्यमा समस्या देखिए पछि घरमा नै आराम गरिरहेका उनलाई आज बिहान भने मेडिसिटी अस्पताल, नख्खुमा भर्ना गरिएको हो ।
अस्पतालमा जाँच गरेपछि चिकित्सकहरुले निमोनियाको आशङ्का गरे पछि उनी भर्ना भएका हुन् । निमोनिया भएको चिकित्सकहरूको सल्लाहमा उनलाई मेडिसिटीमै भर्ना गरिएको मुख्य स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका छन् ।
अस्वस्थ भएका कारण शुक्रबारको बजेट मन्तब्य सुन्न उनी संसद भवनमा उपस्थित हुन सकेका थिएनन ।
















