एसियन गेम्स क्वालिफायर्स : नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै

खबरपथ संवाददाता
१७ जेष्ठ २०८३, आईतवार १०:२०

काठमाडौं  । नेपालले आज चीनसँग क्रिकेट प्रतिस्पर्धा गर्दैछ ।

सिंगापुरमा हुने पुरुष एशियन गेम्स क्वालिफायर्सका लागि नेपालले आज चीनसँग पहिलो खेल खेल्दैछ । यो खेल नेपाली समयनुसार बिहान सवा ७ बजेदेखि शुरु हुदैछ ।

यस प्रतियोगितामा दिपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिममा ऐरी (कप्तानं) सहित कुशल भुर्तेल, आसिफ सेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेस बम, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ सेख, सोमपाल कामी, करण केसी र साहब आलम रहेका छन् ।

पुरुष एशियन गेम्स क्वालिफायर्समा नेपालसहित ८ देशले भाग लिदैछन् । जसमा समुह ए मा नेपाल, मलेसिया, कतार र चीन रहेका छन् भने समुह बी मा ओमान, हङकङ, बहराइन र सिंगापुर रहेका छन् । प्रतियोगितामा नेपालले आज चीनसँग, जुन २ मा कतारसँग र जुन ४ मा मलेसियासँग खेल्ने तालिका रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*