एमाले सचिवालय बैठक आज पनि

खबरपथ संवाददाता
९ जेष्ठ २०८३, शनिबार ०७:१३

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दैँछ ।अध्यक्ष केपी शर्मा ओली निवास गुण्डु, भक्तपुरमा हिजो बैठक नसकिए पछि आज पनि बस्न लागेको हो ।

उपमहासचिव लेखराज भट्टका अनुसार आज बिहान ११ः३० बजे फेरि बस्दैँछ ।

कार्य विभाजन मुख्य अजेन्डा भए पनि हिजोको बैठकमा ५ जनाले मात्रै बोलेका तर सचिवालयका बाँकी १२ जनाले आफ्नो धारणा राख्न बाँकी रहेकाले बैठक आज सम्म लम्बिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*