सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ६८ प्रतिशत, आगामी सेप्टेम्बरदेखि यातायात सञ्चालन गर्ने लक्ष्य

खबरपथ संवाददाता
९ जेष्ठ २०८३, शनिबार ११:३८

बुटवल । निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ६८ प्रतिशत पुगेको छ । आयोजनाका अनुसार हालसम्मको वित्तीय प्रगति भने ५८ प्रतिशत रहेको छ । पाँच वर्षको निर्माण अवधि (६० महिना) तोकिएको यस आयोजनामा डिजाइन, स्वीकृत र निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण व्यवसायीकै रहने गरी ‘इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन’ (ईपीसी) मोडलमा काम भइरहेको छ । निर्माण सम्पन्न भएपछि आगामी पाँच वर्षसम्म सम्बन्धित ठेकेदार कम्पनीले नै यसको सञ्चालन, मर्मतसम्भार र सुरक्षाको जिम्मा लिने व्यवस्था गरिएको छ । त्यसपछिको थप पाँच वर्ष ‘ल्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड’ (डीएलपी) का रूपमा रहने आयोजनाले जनाएको छ । @न्युज एजेन्सी नेपाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*