नेकपा (एमाले) को सचिवालय बैठक शुरु
खबरपथ संवाददाता
९ जेष्ठ २०८३, शनिबार १२:३७
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक शुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक शुरु भएको हो । बैठकमा मुलुकको पछिल्लो विकसित राजनीतिक घटनाक्रम, पार्टीको साङ्गठनिक सुदृढीकरण र समसामयिक विषयवस्तुमा केन्द्रित रहेर छलफल हुने कार्यसूची रहेको छ । साथै, पार्टीको आगामी कार्ययोजना र साङ्गठनिक गतिविधिको समीक्षा समेत बैठकमा गरिने बताइएको छ । बैठकमा नेताहरु पार्टी पुनःगठनको माग गरेका छन् । –न्युज एजेन्सी नेपाल





















