नेतृत्व परिवर्तनको हल्ला निराधार, अध्यक्षकै कमाण्डमा पार्टी अघि बढ्छ : उपमहासचिव भट्ट

खबरपथ संवाददाता
९ जेष्ठ २०८३, शनिबार २०:३६

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले पार्टीभित्र नेतृत्व परिवर्तनको कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ । शनिवार भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टले यस्तो बताउनुभएको हो । बैठकमा भएका छलफलका विषयमा जानकारी दिँदै उपमहासचिव भट्टले बाहिर आएका नेतृत्व परिवर्तन र राजीनामाका कुराहरूलाई ‘अतिरञ्जित’ संज्ञा दिनुभयो । शनिवारको बैठकमा महासचिव, तीनजना उपमहासचिव र पाँचजना सचिवहरूले पार्टीको आन्तरिक अवस्था र आफ्ना अनुभवहरूका बारेमा धारणा राखेका थिए । बाँकी रहेका चारजना सचिवहरूले आईतवार बिहान साढे ११ बजे बस्ने बैठकमा आफ्नो प्रश्तुति दिने कार्यक्रम छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*