आजको मौसमः तराई मधेसकाे भू-भाग ताताे हावा बहने

खबरपथ संवाददाता
९ जेष्ठ २०८३, शनिबार ०७:०१

काठमाडौं ।  हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

जल तथा मौसम बिभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशमा साधारणतया बादल, बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भाग मा आंशिक बादल रही बाँकी भू-भाग मा मौसम मूख्यतया सफा रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा तथा कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू-भाग मा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भाग मा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग को केही स्थानहरूमा, मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू-भाग का थोरै तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भाग का एक-दुई स्थानहरूमा मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।  सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई  भू–भागमा तातो लहर हुने सम्भावना रहेको छ।

राती भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी र मधेश प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा  तथा बागमती र गण्डकी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग को केही स्थानहरूमा, मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू-भाग तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो लहर हुने सम्भावना र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेकोले विभागको पछिल्लो सूचनामा अध्यावधिक रहन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*