सेना दिवस र महाशिवरात्रिको अवसरमा टुँडिखेलमा भव्य कार्यक्रम

खबरपथ संवाददाता
३ फाल्गुन २०८२, आईतवार १३:५०

काठमाडौँ। नेपाली सेनाले २६३औँ सेना दिवस र महाशिवरात्रिको अवसरमा आज सैनिक मञ्च, टुँडिखेलमा भव्य कार्यक्रम गरी उत्सव मनाएको छ।

नेपाली सेनाका परमाधिपति  समेत रहेका राष्ट्रपति रामचन्द्र पौडेल विशेष अतिथिका रूपमा उपस्थित भएका थिए।

सो अवसरमा सेनाले परेड, तोप प्रदर्शन, कवाज तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो। कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायतका विशिष्ट अतिथिहरू उपस्थित थिए।

नेपालले विगत दुई दशकदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसको रूपमा मनाउँदै आएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*