लिपुलेक सिमावारे इंगल्याण्डसँग पनि कुरा भएको छ : प्रधानमन्त्री

खबरपथ संवाददाता
१७ जेष्ठ २०८३, आईतवार १७:१३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको लिपलेक लिम्पियाधुराको विवादबारे सरकारले बेलायतसँग पनि कुरा गरेको बताएका छन्।

प्रतिनिधिसभाकाे बैठकमा सरप्राइज तरिकाले सांसदहरूले उठाएका प्रश्नकाे जवाफ दिन पुगेका प्रधानमन्त्री शाहले लिपुलेकका बारेमा भारत र चीनसहित बेलायतसँग पनि कुराकानी भइरहेकाे बताएका हुन् ।

यो विवाद ब्रिटिश इन्डियाले भारत छोडे देखिको नै भएकाले तत्कालिन ईंग्ल्यान्ड सरकारले पनि सरोकार राख्नु पर्ने सरकारको धारणा रहेको उनले जानकारी दिए ।

एमाले सांसद पद्मा अर्यालले लिपुलेक लिम्पियाधुराबारे भारत र चीनले गरेको नयाँ समझदारीबारे सरकारको धारणा मागेकी थिइन् । जवाफमा शाहले यो विषयमा सरकारले दुवै देशलाई कुटनीतिक नोट दिइसकेको जानकारी दिए ।

भारतको भुमी पनि नेपालीले मिचेको जनाउँदै दुवै पक्ष मिलेर काम गर्ने उनले जनाएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*