मानवअधिकार प्रतिवेदन सार्बजनिक गर्छौं : प्रधानमन्त्री

खबरपथ संवाददाता
१७ जेष्ठ २०८३, आईतवार १७:११

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जेनजी बिद्रोहका बारेमा भएका धरपकड र मानवअधिकार हनन सबन्धी प्रतिवेदन सार्बजनिक गर्ने प्रतिबद्दता जनाएका छन ।

प्रतिनिधिसभाको बैठकमा सरप्राइज तरिकाले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन पुगेका प्रधानमन्त्री शाहले मानवअधिकार आयोगका प्रतिवेदन सार्बजनिक गर्ने प्रतिबद्दता जनाएका छन ।

‘मानवअधिकार आयोगको प्रतिवेदनको १८ पृष्ठ मात्रै सार्बजनिक भएको छ, मैले सुनेको छु त्यो १० हजार पृष्ठको छ,’ उनले भने, ‘त्यसमाथी आयोगको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा आइपुगेको छैन, त्यो आइपुगे पछि अध्ययन हुन्छ, अध्ययन सकिए पछि त्यो प्रतिवेदन सार्बजनिक गर्छौं ।’
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*