आज पनि घटयो सुनचाँदीको मुल्य

खबरपथ संवाददाता
२२ जेष्ठ २०८३, शुक्रबार १२:०४

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी ब्यवासायी महांसघका अनुसार सुन तोलामा २ हजार १०० रुपैयाँले ओरालो लागेको हो ।

आज सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदी तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला ५ हजार २३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*