सुनको भाउ २०० ले घटदा चाँदीमा ८५ रूपैयाँ गिरावट
काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ दररेट अनुसार आज सुन र चाँदीको भाउ अघिल्लो दिनको तुलनामा सामान्य रूपमा घटेको हो।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भए अनुसार प्रतितोला २०० रुपैयाँले कमी आएको छ।
यसैगरी आज चाँदी प्रतितोला ५ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार ३७० रुपैयाँ रहेको थियो ।





















