लिङदेनले राजावादी आन्दोलन तुहाएको आरोप लगाउँदै महामन्त्री राणासहित १८३ ले पार्टी छाडे

खबरपथ संवाददाता
२१ जेष्ठ २०८३, बिहीबार १४:३३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय पदाधिकारीसहित १ सय ८३ जनाले पार्टी छाडेको घोषणा गरेका छन् ।

महामन्त्री डा.धवलशमशेर राणाको नेतृत्वमा उनी पक्षधर नेता कार्यकर्ताले आज राप्रपा परित्याग गरेको औपचारिक रूपमा घोषणा गरेका छन् ।

उनीहरूले राजिनामा पत्रमा उल्लेख गरे अनुसार पुर्व मन्त्री दिलनाथ गिरीसहित मुकुन्दश्याम गिरी, केशवराज श्रेष्ठ, नारायण प्रसाद कोइराला लगायत १८३ जनाले पार्टी परित्याग गरेका हुन् । यसरी पार्टीबाट राजिनामा दिनेहरूमा पदाधिकारी, कार्यसम्पादन समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला सदस्य लगायत छन् ।

बिहीबार पार्टी परित्याग गर्नेहरू पहिलो चरणको भएको असन्तुष्ट पक्षको दावी रहेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको हिनभाव, कमजोरी एवं आत्मकेन्द्रीत शैलीका कारण राप्रपाले आफ्नो नीति छोडेको राजीनामा दिनेहरूले आरोप लगाएका छन् । उनीहरूले लिङदेनको नेतृत्वमा राजावादी आन्दोलन सफल नहुने पनि आरोप लगाएका छन ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*