आइतबार सुनको भाउ ८ हजार बढीले घटयाे
खबरपथ संवाददाता
२४ जेष्ठ २०८३, आईतवार १४:२१
काठमाडौं । आइतबार सुनको भाउ ८ हजार बढीले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ८ हजार २ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ३ लाख ९ हजार रुपैयाँ रहेको सुनको भाउ आज ३ लाख ८ सय रुपैयाँमा सिमित भएको छ।
त्यस्तै चाँदीको भाउ आज तोलामा ३३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा ५ हजार २३० रुपैयाँ रहेको चाँदी आज भने ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ । गत आइतबार चाँदीको भाउ प्रतितोला ५ हजार ३४५ रुपैयाँ थियो ।





















