आज रास्वपाको २९ जिल्लामा अधिवेसन हुदैँ

खबरपथ संवाददाता
२४ जेष्ठ २०८३, आईतवार ०६:४९

काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टीको २९ वटा जिल्लामा जिल्ला अधिवेसन हुदैँछ ।

हिजो ३६ जिल्लामा जिल्ला अधिवेसन सम्पन्न गरेको रास्वपाले आज भने २९ जिल्लामा अधिवेसन गर्न लागेको हो ।

आज हुने अधिवेसनवाट जिल्लामा नयाँ नेतृत्व चयन हुनेछ, जसले आसान्न स्थानिय चुनाव र प्रदेश चुनावको तयारीमा लाग्नेछ ।

आज कोशी प्रदेशका ४ जिल्ला उदयपुर, सोलुखुम्बु, खोटाङ र ईलाममा र मधेश प्रदेशका ४ जिल्ला सिराहा, धनुषा, पर्सा र सर्लाहीमा जिल्ला अधिवेसन हुदैँछ ।

बागमती प्रदेशका २ जिल्ला चितवन र ललितपुरमा अधिवेसन हुदाँ गण्डकी प्रदेशका ४ जिल्ला तनहुँ, नवलपुर, गोरखा र लमजुङले पनि नयाँ नेतृत्व चयनका लागि अधिवेसन गर्दैँछ ।

उता, लुम्बिनी प्रदेशका ३ जिल्ला अर्घाखाँची, रुपन्देही र प्युठानमा जिल्ला अधिवेसनवाट नयाँ नेतृत्व आउँदै गर्दा कर्णाली प्रदेशका ६ जिल्ला सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु र जुम्लाले पनि अधिवेसनवाट नयाँ नेतृत्व पाउनेछ ।

साथै, सुदूरपश्चिम प्रदेशका ६ जिल्ला अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरामा आजै अधिवेशन हुनेछ।

महाधिवेसन अघि गर्ने भनिएको ६६ जिल्लाको जिल्ला अधिवेसन मध्ये विशेष परिस्थितिका कारण मधेस प्रदेशको बारा जिल्ला अधिवेशन भने आगामी जेठ २६ गते हुँदैछ। योसँगै पार्टीको मुख्य सङ्गठन रहेको अधिकांश जिल्लाको अधिवेशन सम्पन्न हुनेछ भने बाँकी ११ जिल्लाहरूको अधिवेशन राष्ट्रिय महाधिवेशन पश्चात् क्रमशः गरिने रास्वपाले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*