रास्वपा काठमाडौं सभापतिमा राजा शाक्य निर्वाचित

खबरपथ संवाददाता
२४ जेष्ठ २०८३, आईतवार १०:००

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौँको जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित भएका छन्।

हिजो राती अबरे सम्पन्न भएको पार्टीको प्रथम जिल्ला अधिवेशनले शाक्यलाई जिल्ला सभापति निर्वाचित गरेको हो।

सभापतिमा शाक्य २५१ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी सुरेश सापकोटाले १८२ मतमा सिमित भए पछि उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचन समितिका अनुसार कुल ५२८ मतदातामध्ये ४३८ जनाले मतदान गरेका थिए। खसेको मतमध्ये ४३३ मत सदर र ५ मत बदर भएको थियो।

यसैगरी, उप सभापतिमा रवीन्द्र गौतम २१६ मतका साथ निर्वाचित हुदाँ स्वयम्बर खड्कालाई ५ मत अन्तरले मात्रै पछि परेका थिए । खड्काले २११ मत प्राप्त गरेका थिए।

त्यस्तै सचिवमा सन्तमान महर्जनले २९७ मत प्राप्त गर्दा अर्का प्रत्याशी रमेश न्यौपानेले १३१ मतमा सिमित भए ।

सहसचिवमा सौरभ बस्नेत ३२५ मतका साथ विजयी भए भने उनका प्रतिस्पर्धी गणेश थापाले ९५ मतमा सिमित हुन बिवश भए ।

सदस्य पदका लागि भएको प्रतिस्पर्धाबाट सम्शेर बहादुर श्रेष्ठ (१८२ मत), केदार प्रसाद रैला (१६६ मत) र बलराम कार्की (२३६ मत) निर्वाचित भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*