आजको मौसम : चार प्रदेशमा मध्यम बर्षा हुने

खबरपथ संवाददाता
२४ जेष्ठ २०८३, आईतवार ०६:४७

काठमाडौ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बादल लागेको छ। कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भु-भागमा साधारणतया बादल, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहने छ। कोशी प्रदेशका केही स्थानहरू तथा बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानहरूमा र मधेश प्रदेश लगायत बाँकी हिमाली भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको छ ।

 

राती भने कोशी प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल, पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ तथा तराई भू-भागमा मूख्यतया सफा रहनेछ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

कोशी, लुम्बिनी, कर्णाली प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा तातो दिन हुने सम्भावना रहेकोले सतर्क रहन तथा विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*