नेपाल–भारतबीच डाइरेक्ट बैंक ट्रान्सफर सेवा सुरु, अब सहजै पैसा पठाउन र प्राप्त गर्न सकिने

खबरपथ संवाददाता
२५ जेष्ठ २०८३, सोमबार ०९:३१

काठमाडौं । नेपाल र भारतबीचको डिजिटल भुक्तानी सहकार्यले नयाँ आयाम पाएको छ। दुवै देशका बैंकिङ प्रणालीलाई जोड्ने डाइरेक्ट ट्रान्सफर सेवाको औपचारिक शुभारम्भ भएसँगै सीमापार रकम आदानप्रदान थप सहज, छिटो र सुरक्षित हुने अपेक्षा गरिएको छ।

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरले संयुक्त रूपमा नेपाल–भारत डाइरेक्ट ट्रान्सफर सेवाको शुभारम्भ गरेका हुन्।

सेवा सञ्चालनमा आएपछि अब नेपालका बैंकबाट भारत तथा भारतका बैंकबाट नेपालमा प्रत्यक्ष रूपमा रकम पठाउन र प्राप्त गर्न सकिनेछ। प्रारम्भिक चरणमा भने यो सुविधा नेपालमा कार्यरत वा अस्थायी बसोबास गरिरहेका भारतीय नागरिकका लागि उपलब्ध गराइएको छ।

यो सेवासँगै भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (युपीआई) र नेपालको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) बीच अन्तर आबद्धता स्थापित भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*