प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले ४ बिधेयक प्रस्तुत गर्ने

खबरपथ संवाददाता
२५ जेष्ठ २०८३, सोमबार ०६:३३

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ  ।

संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बक्तब्यसहित ‘आर्थिक बर्ष २०८३/८४ को राजश्व र ब्यायको बार्षिक अनुमान माथी सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव गरे पछि छलफल प्रारम्भ हुनेछ ।  र, आज नै सो बिषय माथी उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।

साथै, अर्थमन्त्री वाग्लेले ‘बिनियोजन बिधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्न प्रस्ताव प्रस्तुत गर्नेछन र प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
सो लगत्तै उनले ‘राष्ट्र ऋण उठाउने बिधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्न प्रस्ताव प्रस्तुत गर्नेछन र प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

र, ‘नेपाल राष्ट्र बैंक (तेस्रो संसोधन) बिधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्न प्रस्ताव प्रस्तुत गर्नेछन र प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छन् ।

यसैगरी, संस्कृत, पर्यटन तथा नागरिक उडडयन मन्त्री खडकराज पौडेलले राष्ट्रियसभामा उत्पति भएको ‘पर्यटन बिधेयक, २०८२’लाई दफावार छलफलका लागि सबन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन ।

साथै, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘अन्तराष्ट्रिय श्रम संगठनको श्रम निरिक्षण सबन्धी महासन्धी १९४७ नम्बर ८१ र  ‘अन्तराष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सबन्धी सन २०१४ को प्रोटोकल नम्बर २९’ पेश गर्न सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*