ओली समूहको स्थायी कमिटी बैठक बस्दै

खबरपथ संवाददाता
१२ फाल्गुन २०७७, बुधबार ०८:५२

काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहले स्थायी कमिटी बैठक बोलाएको छ ।  ओली समूहका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले बुधबार बिहान ११ बजे स्थायी कमिटी बैठक राखेका हुन् ।

‘समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक राखिएको हो,’ ज्ञवालीले भने । बैठक बालुवाटारमा बस्ने छ।

सर्वोच्च अदालतले मंगलबार प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम बदर गरिदिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*