अनेरास्ववियू रुपन्देहीद्धारा विभिन्न माविहरुमा संगठन विस्तार

खबरपथ संवाददाता
१७ फाल्गुन २०७७, सोमबार २३:३१

बुटवल । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) रुपन्देहीले सोमबार विभिन्न माविहरुमा संगठन विस्तारको कामलाई तिव्र रुपले अगाडी बढाएको छ ।
अनेरास्ववियूले रुपन्देहीको क्षेत्र नं –२ अन्तर्गत नविन औद्योगिक कदरबहादुर रिता माविमा मोहन पाण्डेको अध्यक्षतामा ५१ सदस्यीय मावि कमिटी निर्माण गरेको छ । अनेरास्ववियू केन्द्रीय सदस्य तथा रुपन्देही संयोजक साजन भण्डारी, केन्द्रीय सदस्य दिपक चापागाई, प्रकाश पराजुली, रमेश ढकाल, जिल्ला कमिटी सदस्यहरु योगेन्द्र रायमाझी, सुवास भण्डारी, गणेश बोहोरा, बिशाल थापा लगायतको उपस्थितिमा मावि कमिटी गठन भएको हो ।


त्यस्तै नयाँगाउँ उच्च माविमा तपस्या कुँवरको अध्यक्षतामा ६१ सदस्यीय मावि कमिटी गठन भएको छ । अनेरास्ववियू केन्दीय सदस्य एवं रुपन्देही सहसंयोजक शेषकान्त पोखरेल, केन्द्रीय सदस्यहरु भरत अर्याल, तेजेन्द्रबहादुर भण्डारी, सन्तोष अर्याल, जिल्ला सदस्यहरु कृष्ण पाण्डे, प्रेम बस्याल, दिपक शर्मा लगायतको उपस्थितिमा नयाँगाउँ माविमा कमिटी गठन भएको हो । भने बुटवलको कान्ति माविमा अनेरास्ववियू केन्द्रीय सदस्य नविन थापा सारु, शिवलाल बेल्वासे, मनोज गौतम, जिल्ला सदस्यहरु चिरन अर्याल, गोविन्द रिजाल, अशोक बस्याल, विपिन अधिकारी लगायतको समुहले कमिटी निर्माण गरेको छ ।


त्यस्तै क्षेत्र नं–५ अन्तर्गत गैडहवामा रहेको जगेडा माविमा अन्जु पासीको अध्यक्षतामा ८१ सदस्यीय मावि कमिटी निर्माण गरेको छ भने लुम्बिनी साँस्कृतिक नगरपालिकामा रहेको मसिनाबाबा नरेन्द्र पुरी माविमा प्रमेश कोहारको अध्यक्षतामा ५१ सदस्यीय मावि कमिटी निर्माण गरेको छ । केन्द्रीय सदस्य सन्दिप गुप्ता, झरना चौधरी, जिल्ला सदस्यहरु धर्मेन्द्र पासवान, बिनय पासवान, सुनिल यादव, जमिल खाँन, अनिकुमार बानिया, सञ्जय गुरुङ्ग लगायतको उपस्थितिमा कमिटी गठन भएको हो ।


त्यस्तै क्षेत्र नं –५ को सालझण्डीमा रहेको पशुपति माविमा सञ्जय बि।क।को अध्यक्षतामा ९९ सदस्यीय मावि कमिटी निर्माण भएको छ । अनेरास्ववियू केन्द्रीय सदस्य सुमित सापकोटा, जिल्ला सदस्यहरु शिव न्यौपाने, दुर्गा घिमिरे, बिमल न्यौपाने, मनिषा ज्ञवाली, शारदा चालिसे लगायतको उपस्थितिमा मावि कमिटी निर्माण भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*