विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्री थापाको नेतृत्वमा टोली गठन

खबरपथ संवाददाता
१८ फाल्गुन २०७७, मंगलवार १४:२८

काठमाडौं । सरकारले विप्लव समूहसँग वार्ता गर्नका लागि गृहमन्त्री थापाको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।।

गुरुङले विज्ञप्ति जारी गरी विप्लव समूहसँग वार्ताद्धारा समस्या समाधान गर्न २ सदस्यीय वार्ता टोली गठन गरेको बताउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*