निर्वाचन आयोगको एमाले र माओवादी केन्द्रलाई पत्राचार गर्ने तयारी

खबरपथ संवाददाता
२५ फाल्गुन २०७७, मंगलवार ११:५०

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्रलाई आ-आफ्नो नाम तथा चुनाव चिह्न परिवर्तनका लागि सम्पर्कमा आउन आग्रह गर्दै पत्राचार गर्ने तयारी गरेको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार एमाले र माओवादी केन्द्रलाई सम्भवतः मंगलबार नै पत्रचार गर्ने बताईएको छ ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकतापछि गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई खारेज गरिदिएको थियो । सर्वोच्चले नेकपा नामको आधिकारिकता ऋषि कट्टेललाई दिने फैसला गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*