युक्रेन युद्धमा ३ हजार भन्दा बढी सर्वसाधारणको मृत्यु : राष्ट्रसंघ

खबरपथ संवाददाता
२० बैशाख २०७९, मंगलवार १०:०७

जेनोभा । संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायोग (ओ एच सी एच आर) ले २४ फेब्रुवरीदेखि भएको रुसी हमलामा ३ हजार भन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाएको छ । युद्धमा ३ हजार १५३ जनाको मृत्यु भएको ओएचसीएचआरले जनाएको छ । युद्धमा मृत्यु हुनेको संख्या यो भन्दा अझै बढी हुने ओ एच सी एच आरले जनाएको छ ।

अधिकांश पीडितहरू क्षेप्यास्त्र आक्रमण र हवाई हमलाहरू जस्ता विस्फोटक हतियारहरूबाट मारिएका जनाइएको छ । रुसले युक्रेनमा आफ्नो कार्यलाई युक्रेनलाई निशस्त्रीकरण गर्न र फासीवादीहरूबाट जोगाउनको लागि “विशेष कारबाही“ भनेको छ, जसलाई युक्रेन र पश्चिमाहरूले निराधार भनेका छन् ।

युद्ध अन्त्यका लागि दुबै पक्षबीच पटक पटक भएका वार्ता विना निस्कर्ष टुंगिएका छन् । युक्रेनले दुई देशका राष्ट्रपतिमा तहमा वार्ता हुनु पर्ने बताउँदै आएको छ । रुसले वार्ता र आक्रमण सँगसँगै गर्ने रणनीति लिएको पाइन्छ । एक साता अघि रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले तेस्रो युद्धको संकेत गरेका थिए ।

युक्रेन युद्ध दोस्रो चरणमा प्रवेश गरेको बताउँदै आएको रुसले पछिल्लो समयमा पूर्वी युक्रेनमा आक्रमण गरेको छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*