आइतबारको साप्ताहिक विदा असार १ देखि खारेज

खबरपथ संवाददाता
२३ जेष्ठ २०७९, सोमबार २०:१२

काठमाडौं । असार १ देखि आइतबार दिँदै आएको साप्ताहिक विदा सरकारले हटाउने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ । गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*