झापामा ११ वर्षीया बालिका बलात्कृत

खबरपथ संवाददाता
२६ जेष्ठ २०७९, बिहीबार १३:२५

झापा । झापामा एक जना ११ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

उनलाई बलात्कार गरेको अभियोगमा अर्जुनधारा नगरपालिका–११ बस्ने २८ वर्षीय विपिन राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

मेचीनगर नगरपालिका–१३ चारआलीस्थित झिल जाने बाटोमा ती बालिकालाई राईले मंगलबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*