आजबाट काठमाडौंको फोहोर उठने, मध्यराति जुट्यो १८ बुँदे सहमति

खबरपथ संवाददाता
२७ जेष्ठ २०७९, शुक्रबार ०७:२०

काठमाडौं । दुई सातादेखि थुप्रिएको काठमाडौंको फोहोर उठ्ने भएको छ ।

काठमाडौं महानगरपालिका र सिसडोल-बन्चरेडाँडाका प्रतिनिधिबीच शुक्रबार बिहान १ बजे सकिएको वार्तामा उपत्यकाको फोहर व्यवस्थापनमा सहमति जुटेको हो ।

ल्यान्डफिल साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि, स्थानीय र काठमाडौं महानगरपालिकाबीच भएको १८ बुँदे सहमति अनुसार अब फोहोर ढुवानी रातिको समयमा मात्र हुनेछ ।

यस अघि पनि आन्दोलनरत क्षेत्रका जनप्रतिनिधि र महानगरसँगै सहरी विकास मन्त्रालयबीच सहमति जुटेको थियो । तर, स्थानीयले आन्दोलन जारी नै राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*