एन्फाका नवनिर्वाचित पदाधिकारीलाई प्रधानमन्त्री देउवाको बधाई
खबरपथ संवाददाता
१५ असार २०७९, बुधबार २२:३८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित कार्यसमितिका पदाधिकारी लाई भेट गरी बधाई दिएका छन् ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले भेट गरी खेल विकासका लागि मिलेर काम गर्ने र सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
६ असारमा सम्पन्न एन्फाको चुनावी साधारणसभाबाट कर्माछिरिङ शेर्पालाई ६ मतले हराउँदै पंकजविक्रम नेम्बाङ अध्यक्षमा निर्वाचित भएका थिए ।





















