खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प

खबरपथ संवाददाता
१५ श्रावण २०७९, आईतवार १०:३७

काठमाडौं । खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको छ । आइतबार बिहान ८ : १३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार खोटाङको साकेला गाउँपालिका-५ मात्तिम बिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो । केन्द्रकी प्रमुख मोनिका झाले यो खोटाङको मात्तिम बिर्ता केन्द्रविन्दु भएर ६ म्याग्निट्युडको भूकम्प गएको बताइन् ।
प्रमुख झाका अनुसार यो गोरखा भूकम्पको पराकम्पन नभई छुट्टै भूकम्प हो ।

खोटाङ र त्यस आसपासका जिल्लाका साथै काठमाडौं उपत्यकामासम्म भूकम्पको धक्का महसुस भएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङले भने भूकम्पको कडा धक्का महसुस भए पनि क्षतिको विवरण आइनसकेको जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*