रुपन्देहीका अग्रज पत्रकार पोखरेलको निधन
बुटवल । रुपन्देहीका अग्रज पत्रकार बसन्त पोखरेलको निधन भएको छ । उहाँको गएराति आफ्नै निवास बुटवल १३ बेलबासमा ६८ बर्षको उमेरमा निधन भएको हो । उहाँका श्रीमती, दुई छोरा एक छोरी छन् ।
बुटवल टुडेका सल्लाहकार सम्पादक समेत रहनु भएका पोखरेलले स्थापना कालदेखि बुटवल टुडेमा सम्पादकको रुपमा काम गर्दै आउनुभएको थियो ।
पोखरलेको निधनले नेपाली पत्रकारितामा नै ठुलो क्षती पुगेको नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोखरेलले बताउनुभयो ।
स्वतन्त्र पत्रकारिताको आन्दोलनमा उहाँको भुमिका अहम रहेको थियो । पोखरेल,लेखक तथा साहित्यकार समेत हुनुहुन्थ्यो । ।





















