टाकुरा सहकारीको ११ औँ साधारण सभा सम्पन्न
तिलोत्तमा । टाकुरा बचत तथा ऋण सहकारी संस्थाको ११ औँ साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाबाट अध्यक्षको बार्षिक प्रगति प्रतिवेदन, कोषध्यक्षको प्रतिवेदन र लेखा समितिको प्रतिवेदनहरु सर्बसम्मत पारित भएका छन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष राजेन्द्र कुँवरले बार्षिक प्रगति प्रतिवेदन, लेखा समिति संयोजक शंकर गौतमले लेखा समितिको प्रतिवेदन र कोषाध्यक्ष विरेन्द्र रानाले कोषाध्यक्षको प्रतिवेदन पेश गनुभएको थियो ।
कार्यक्रममा जेष्ठ नागरिक सम्मान अन्तर्गत ७५ बर्ष पुगेका शेयर सदस्यका आमाबुबालाई सम्मान गरिएको थियो । त्यस्तै सरकारी सेवामा नाम निकाल्न सफल सेयर सदस्य वा सदस्यका सन्तानलाई पनि सम्मान गर्नुका साथै उत्कृष्ट सदस्यता बिस्तार सम्मान र उत्कृष्ट ऋणलाई समेत सम्मान गरिएको छ ।
संस्थाका अध्यक्ष राजेन्द्र कुँवरको अध्यक्षता र तिलोत्तमा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष फर्सुराम गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन संस्थाका सचिव पशुपति चौधरीले गर्नुभएको थियो ।
संस्थाका निर्वतमान अध्यक्ष रमेश ज्ञवालीले स्वागत गर्नुभएको कार्यक्रममा बिशिष्ट अतिथि तिलोत्तमा नगरपालिका शिक्षा, युवा तथा खेलकुँद समितिका प्रमुख गंगाराम आचार्य र लोकदोहोरी प्रतिष्ठान नेपालका डिल्लि नारायण पाण्डे लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।





















