तिलोत्तमाको पौने ३ अर्बको बजेट नगरसभाबाट पारित

खबरपथ संवाददाता
१७ असार २०८०, आईतवार १२:११

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमानगरपालिकाले आव २०८०/८१ का लागि रु २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैयाको बजेट शनिबार सम्पन्न नगरसभाबाट सर्बसम्मतीले पारित गरेको छ । नगरपालिकाको पहिलो नगरसभा बैठकमा नगर प्रमुख रामकृष्ण खाणले गत असार ७ गते बिहिबार बजेट नीति तथा कार्यक्रम पेश गर्नु भएको थियो। सो नगर सभा लगत्तै असार ९ गते उपप्रमुख जगेश्वर देवी चौधरीले रु २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैयाको बजेट प्रस्तुत गर्नु भएको हो । असार १६ गते शनिबार सम्पन्न नगरसभाको तेस्रो बैठकले बजेट नीति तथा मार्ग दर्शन तथा कार्यक्रम पारित गरेको थियो । सोही अनुसारको बजेट नगरसभाको तेस्रो बैठकमा पेश भएको हो ।

बजेटमा चालु खर्चतर्फ रु १ अर्ब ६ करोड २४ लाख ५० हजार र पूँजीगततर्फ रु १ अर्ब ६७ करोड ५९ लाख ८९ हजार विनियोजन गरिएको छ । आज सम्पन्न नगरसभामा बेरुजु सम्परिक्षण, न्यायिक समितिको प्रतिबेदन, बजेट तथा कार्यक्रम, आर्थिक बिधेयक, बिनियोजन बिधेयकको स्वीकृतिको लागि निर्णयार्थ पेश गरी सो प्रतिबेदनमाथि छलफल गरी सर्बसम्मतिले पारित गरिएको छ। नगरपालिकाको सभाहलमा सम्पन्न सो कार्यक्रमको अध्यक्षता नगरप्रमुख रामकृष्ण खाणले गरेका थिए भने नगर उपप्रमुखले बजेट सम्बन्धीनगरसभा सदस्यले राखेका जिज्ञासाको सहजीकरण गरेकी थिइन्। विभिन्न बिषयगत समितिकातर्फबाट नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक जागेश्वर देवी चौधरीले न्यायिक समितिको प्रतिबेदन, कार्यपालिका सदस्य राधाशाहीले सुशासन तथा संस्थागत बिकास समितिको प्रतिबेदन र फर्सुराम गिरिले लेखा समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*