कांग्रेस रुपन्देहीले अनलाईन मार्फत क्रियासिल सदस्य नविकरण गर्ने

खबरपथ संवाददाता
२३ असार २०८०, शनिबार १७:०७

भैरहवा । नेपाली कांग्रेस रुपन्देहीले अनलाईन मार्फत क्रियासिल सदस्यता नवीकरण गर्ने भएको छ । कांग्रेस रुपन्देहीको शनिवार भैरहवामा बसेको कार्यसम्पादन समितीको बैठकले केन्द्रको निती अनुरुप यही साउन ६ गतेदेखी अनलाईन मार्फत क्रियासिल सदस्यता नवीकरण गर्ने निर्णय गरीएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिए । अनलाईन सदस्यता नविकरणको सुविधाका लागी पार्टी कार्यालयमा प्राबीधीक टिमको समेत ब्यबस्था मिलाईएको उनले जानकारी दिए ।

त्यस्तै साधारण सदस्य लिन ईच्छुकले पनि अनलाईन मार्फतनै कांग्रेसको साधारण सदस्य लिन पाउने भएका छन् । अनलाईन मार्फत साधारण सदस्यता बिश्वका जुनसुकै स्थानबाट पनि लिन सक्ने ब्यबस्था मिलाईएको छ । अनलाईन मार्फत साधारण सदस्यता लिएको एक बर्षपछि क्रियासिल सदस्य बन्न पाउने ब्यवस्था गरीएको छ ।

यस्तै यही साउन ६ गते नै ४२ औं बिपी स्मृती दिवसको अवसर पारेर बृक्षारोपण पनि गरीने भएको छ । महामानव बिपीको स्मृतीमा रुपन्देहीको तिलोत्तमा बडा नं ११ स्थति भुुपुु शैनिक सखौरा हरियाली बन क्षेत्रमा बिहान ८ बजेदेखी बृक्षारोपण गरीने भएको हो । बिपीको स्मृतीमा कांग्रेस रुपन्देहीले प्रत्येक बर्ष बृक्षारोपण गर्दै आएको छ ।

त्यस्तै जारी बडा, नगरपालीका तथा क्षेत्रीय सम्मेलन पनि यथाशक्य छिटो गर्ने निर्णय पनि गरिएको सचिव हरि काफ्लेले जानकारी दिए । बैठकमा राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएकी कांग्रेस रुपन्देहीकी उपसभापति असनिता शाह ढुुगानालाई सम्मान एवं बधाई ज्ञापन समेत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*