नेपाल नियमित रक्तदाता संघ रुपन्देहीको तेह्रौं नियमित रक्तदान कार्यक्रम

खबरपथ संवाददाता
१० असार २०८१, आईतवार १३:१८

शनिवार बुटवलको ब्लड बैंकमा सम्पन्न रक्तदान कार्यक्रमका प्रमुख अथिति आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद कुमार पराजुलीले २० बर्ष अगाडी स्व. सरोज सिलवाल बन्दीले शुरुवात गर्नुभएको मानविय कार्य जुन फस्टाउँदै गईरहेको र जनमानसमा रक्तदान गर्नुपर्छ भन्ने भावनाको विकास भएको बताउँनुभयो । उहाँले स्व. सिलवालले देखाउनुभएको गोरेटोलाई अगाडी बढाउनु पवित्र मानविय कार्यभएको पनि उल्लेख गर्नुभयो । रगतको अभाव हुन नदिन नेपाल रक्तदाता संघले गरेको अभियानलाई उहाँले मुक्तकष्ठले प्रसंसा गर्नुभयो । उहाँले आफू चिकित्सक भएको नाताले पनि रगतको महत्व कति हुन्छ भन्ने अति नजिकबाट बुझेको पनि बताउनुभयो । उहाँले निकट भविष्यमा आम्दा अस्पतालमा नियमित रक्तदाता संघ संगको सहकार्यमा रगतको लागी छुट्टै डेस्क बनाउने र सहकार्य गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।


त्यसैगरी कार्यक्रमका विशिष्ठ अथिति नियमित रक्तदाता संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारीले नेपाल नियमति रक्तदाता संघ २०६१ सालमा शुरुवात भएको रेडक्रस पछिको पहिलो रहेको बताउनुभयो । उहाँले तत्कालिन अवस्थामा रक्तादान गर्न मानिस डराउने गरेको बताउँदै स्व. सिलवालले संघको स्थापना गरी रक्तदान गर्ने शुरुवात गर्नुभएको बताउनुभयो । स्व.सिलवालको प्रेरणाले आफूहरु पनि रक्तदान जस्तो पवित्र कार्यमा लागेको बताउनुभयो ।


उहाँले बुटवलमा केन्द्रिय कार्यालय रहेको यस नियमित रक्तदाता संघलाई अन्य जिल्लाहरुमा विस्तार गर्नुपर्ने  बताउनुभयो । उहाँले नियमित रक्तदाता संघ रुपन्देही शाखाको टिम अति नै सक्रिय भएर लागेको प्रति खुसी प्रकट गर्नुभयो ।


त्यसैगरी हिमानी ट्रष्ट रुपन्देहीकी संयोजक प्रजुना श्रेष्ठ सिलवालले नियमित रक्तदाता संघ संग सहकार्य गर्न पाउँदा आफू अति नै खुसी भएको बताउनुभयो । उहाँले संघ संग हिमानी ट्रष्टले निकट भविस्यमा अन्य मानविय सहयोगको कार्यमा हातेमालो गरी कार्य गर्दे जाने प्रतिबद्धता जनाउनुभयो । उहाँले हिमानी ट्रष्टले मानविय सेवाको क्षेत्रमा निरन्तर कार्य गर्दे आएको पनि बताउनुभयो ।


त्यसैगरी मेलानका केन्द्रिय उपाध्यक्ष तथा जिनोमिक ल्याबका प्रबन्ध निर्देशक रमेश पाण्डेले संघ संग सुरुका दिन देखीनै जोडिन पाएकोमा खुसी ब्यक्त गर्नुभएको थियो । उहाँले संघले आफूलाई सल्लाहकार चयन गरेकोमा धन्यवाद ब्यक्त गर्देै सक्दो सल्लाह दिने र सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

त्यसैगरी रुपन्देही ब्यापार संघका सदस्य रितेश ज्ञवालीले संघले सल्लाहकार चयन गरेकोमा खुसी प्रकट गर्दे आफूले सक्दो सल्लाह र सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु्भयो ।


त्यसै गरी कार्यक्रमको समापन गर्दे नियमित रक्तदाता संघका जिल्ला अध्यक्ष अषेश सिलवालले रगतको अभाव हुन नदिन आफनो टिम दिनरात नभनी खटिएको बताउनुभयो । उहाँले रक्तदान युवाले गर्नुपर्ने हुँदा हालको समयमा  युवा विभिन्न कारणले बिदेश जाने क्रमले रक्तदानमा कमि आउने बताउनुभयो । उहाँले मानिस ३५ बर्ष भए पछि विभिन्न रोग लाग्ने हुनसक्छ त्यसैले १८ बर्ष देखि नै रक्तदान गर्ने बातावरण बनाउनुपर्र्नेे बताउनुभयो ।
नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष अषेश सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका उपाध्यक्ष भास्कर शाहीले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रम संघका सचिब एवं कार्यक्रम संयोजक ईश्वरी प्रसाद बञ्जाडेले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा संघका पदाधिकारीहरु, प्रेस सल्लाहकार राजेन्द्र जङ्ग रायमाझी, हिमानी ट्रष्टका सदस्यहरु, रक्तदाताहरुको उपस्थिती रहेको थियो ।
नेपाल नियमित रक्तदाता संघ रुपन्देही र हिमानी ट्रष्ट को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमको लागी भेनस एक्फेक्सन क्वालीटी कन्ट्रोल चेकले सहयोग गरेको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*