नेपाल नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष सिलवालको जन्मदिनको अवसरमा रक्तदान

खबरपथ संवाददाता
१३ भाद्र २०८१, बिहीबार २२:१८

बुटवल । रक्तदानको लागी सबै अगाडी बढोै भन्ने मुलनारा लिई अगाडी बढेको नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष अषेश सिलवालको जन्मदिनको उपलक्ष्यमा बुधबार रक्तसञ्चार केन्द्र बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा संघका अध्यक्ष सिलवालले आफ्नो पिता स्व.सरोज सिलवाल (बन्दी) ले सुरु गर्नु भएको रक्तदानको महाअभियान लाइ साकार पार्न निरन्तर लागि रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले १८ बष पुगेका युवायुवतीहरुलाई रक्तदान गरि आफ्नो जन्मदिन मनाउन पनि आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल नियमित रक्तदाता संघका केन्द्रिय अध्यक्ष दया बहादुर सिलवाल , केन्द्रिय बरिस्ठ उपाध्यक्ष लेखनाथ भण्डारी, केन्द्रिय महासचिव  दिपक अधिकारी , केन्द्रिय कोषाध्यक्ष प्रेमबहादुर सुनार ,सचीव मन्जु गिरि, सहकोषाध्यक्ष बिष्णु भण्डारी, प्रेस सल्लाहकार राजेन्द्र रायमाझी , संघका सल्लाहकार एवं मेलानका केन्द्रीय बरिस्ठ उपाध्यक्ष रमेश पाण्डे लगाएत संघका सदस्यहरु , रक्तसञ्चार सेवा केन्द्र बुटवलकि सदस्य सचिव राधा ज्ञेवाली , रक्तसञ्चार सेवा केन्द्रका प्राविधिकहरु , संस्थाका आजिवन सदस्यहरु तथा रक्तदाताहरुको उपस्थित रहेकोे थियोे ।

नेपाल नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष अषेश सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण संघकि जिल्ला सह सचिव मुना पोख्रेल ले गर्नुभएको थियो ।कार्यक्रममा रक्तदाताहरुलाइ डाेनर काडृ र ब्याच प्रदान गरिएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*