
सुनको मुल्यमा ६ सय रूपैयाँले बृद्दी
खबरपथ संवाददाता
२१ बैशाख २०८२, आईतवार १४:०४

काठमाडौं । सुनको मूल्यमा ६ रूपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।
गत शुक्रबार १ लाख ८३ हजार ५०० रुपैयाँ कारोबार हुदाँ आज ६०० रुपैयाँले वृद्धि भएर १ लाख ८४ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
तर, आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा १ हजार ९३० रुपैयाँ कारोबार भएको चाँदी आज तोलामा १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ।