शंकरनगर खानेपानीको २७ औं वार्षिक साधारणसभा सम्पन्न

खबरपथ संवाददाता
१४ भाद्र २०८२, शनिबार २१:२९

बुटवल । शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था, तिलोत्तमाको २७ औं वार्षिक साधारणसभा  सम्पन्न भएको छ ।

शनिबार संस्थाको सभाहलमा सम्पन्न कार्यक्रममा तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खाणले खानेपानी र सरसफाइ क्षेत्र मानिसकाे जीवनसँग प्रत्यक्ष जोडिने भएकोले यस ला अति नै  अत्यावश्यक र महत्वपुर्न्ण सेवाका रूपमा लिँदै संस्थाले गरेको योगदानको प्रशंसा गर्नुभयो । उहाँले स्वच्छ खानेपानी प्रत्येक नागरिकको आधारभूत अधिकार भएकाले यसमा गुणस्तर र पहुँच दुवैलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

उप–प्रमुख जागेश्वरी देवी चौधरीले संस्थाको निरन्तर सक्रियताले नगरवासी लाभान्वित भइरहेको उल्लेख गर्दै सरसफाइ र जनचेतनामूलक अभियानलाई अझ प्रभावकारी बनाउन सुझाव दिनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष झविन्द्र भण्डारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विगत वर्षको आय–व्यय, सम्पन्न भएका गतिविधि तथा आगामी योजनाबारे विस्तृत जानकारी दिनुभयो । उहाँले उपभोक्ताको विश्वासलाई कायम राख्दै सुरक्षित, गुणस्तरीय र नियमित खानेपानी वितरणलाई संस्थाले शीर्ष प्राथमिकतामा राखेको बताउनुभयो ।

त्यस्तै, संस्थाका उपाध्यक्ष चन्द्रकान्त खनालले खानेपानी सुरक्षा योजनासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै सुरक्षित स्रोत, गुणस्तरीय पानी आपूर्ति, सरसफाइ प्रवर्द्धन र दिगो व्यवस्थापनका लागि संस्थाले अगाडि सारेका रणनीति सार्वजनिक गर्नुभयो ।

नेपाली कांग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डेले खानेपानी र सरसफाइ जस्ता आधारभूत आवश्यकतालाई दिगो बनाउनु अहिलेको मुख्य चुनौती भएको बताउँदै यसका लागि राजनीतिक दल, उपभोक्ता र संस्थाले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले खानेपानी मात्र नभई ढल व्यवस्थापनलाई समेत प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभयो ।

नेकपा एमाले तिलोत्तमा अध्यक्ष मिन प्रसाद पोख्रेलले संस्थाले स्थानीय समुदायलाई सेवा दिन गरेको योगदानलाई उच्च मूल्याङ्कन गर्दै खानेपानी र सरसफाइ क्षेत्रमा दिगो योजना तथा प्रविधि प्रयोगको आवश्यकता औंल्याउनुभयो ।
आनन्दवन खानेपानी संस्थाका अध्यक्ष किसोर सुवेदी क्षेत्रीले खानेपानी संस्थाहरूबीच सहकार्य र अनुभव आदान–प्रदान गर्न सके समस्याको समाधान सजिलो हुने उल्लेख गर्दै सबै संस्थाले एक–अर्काबाट सिकेर दिगो सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

खानेपानी महासंघका अध्यक्ष धु्रव धितालले खानेपानीको क्षेत्रमा दीर्घकालीन योजना बनाउनुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले पानी मानव जीवनसँग प्रत्यक्ष सम्बन्धित भएकाले यसको संरक्षण, व्यवस्थापन र गुणस्तर कायम राख्न सबै सरोकारवालाको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो ।
धितालले स्थानीय तह र समुदायबीच सहकार्य बढाए मात्र खानेपानीको चुनौती समाधान गर्न सकिने उल्लेख गर्दै निरन्तर योगदान पुर्‍याउने व्यक्तिहरूलाई संस्थाले सदैव कदर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पूर्व सल्लाहकार नन्दलाल वन्जाडेले संस्थाले खानेपानी क्षेत्रमा उपलब्धि हासिल गरे पनि अबको केही  वर्ष पछि ढल निकास एक प्रमुख चुनौतीको रूपमा देखा पर्ने हुदा यस विषयमा उपभोक्ता, संस्था र नगरपालिकाले संयुक्त रूपमा सजग भई तत्कालीन समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।

शंकर नगर सामुदायिक वनका अध्यक्ष रविन्द्र वस्नेत,
नेकपा माओबादि नगर अध्यक्ष बेल प्रसाद शर्मा, जनमुक्ति नगर अध्यक्ष राधिका सिरिस, विप्लव माओमादि केन्द्रका नगर अध्यक्ष राजु रसाईलि, राष्टिय जनमोर्चा पार्टिका अध्यक्ष हर्क बहादुर टण्डन,पार्षद हिमलाल वस्याल, ईन्द्रिरा जि सि, बनबाटिका अनुसन्धान केन्द्रका अध्यक्ष खेमलाल पाण्डे लगाएतले शुभकामना मनतव्य व्यक्त गर्नु भएको  थियोे ।

तेसै गरि उपभोक्ता प्रतिनिधिहरूले खानेपानी र सरसफाइ क्षेत्रलाई अझ दिगो र प्रभावकारी बनाउन संस्थाले सहकार्य र नयाँ प्रविधि अपनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा संस्थाका अग्रज तथा वर्तमान सदस्यहरुलाई सम्मान गरिएको थियो । तेसै गरि  संस्थाकि फिल्ड सहयोगि पार्बती खत्रीलाई  संस्थाले उत्कृष्ट कर्मचारिको रूपमा सम्मान गरेको छ ।

कार्यक्रममा संस्थाका सम्पुर्ण पार्षदहरु , सल्लाहकार तथा कर्मचारीहरुको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा स्वागत सदस्य केसरी पाण्डेले गर्नुभएको थियो भने सञ्चालन संस्थाकि सचिव कमला ज्ञवालीले गर्नुभएको थियो ।

संस्थामा ०८१/०८२ को अन्तसम्म ८३३१ धारा संख्या रहेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*