सुनको मूल्य तोलामा ३ हजार ५ सय रुपैयाँ बढ्यो
काठमाडौं । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ५३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
सुनको मूल्य यसअघिको उच्चतम रेकर्ड नजिक पुगेको छ । असोज ३१ गते सुन हालसम्मकै उच्च २ लाख ५८ हजार पुगेको रेकर्ड छ ।
चाँदीले भने केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको छ ।
शुक्रबार प्रतितोला ३ हजार ९०५ रुपैयाँ पुगेको छ, जुन मूल्य हालसम्मकै उच्च हो ।अघिल्लो दिनको तुलनामा चाँदी १०० रुपैयाँ बढेको हो ।






















