एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छ : विश्वप्रकाश शर्मा

खबरपथ संवाददाता
२८ पुष २०८२, सोमबार १३:४९

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटक भन्दा बढि प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा नै गर्नुपर्ने प्रश्ताव गर्नुभएको छ । पार्टीको विशेष अधिवेशनको बन्दसत्रमा सांगठानिक प्रतिवेदन पेश गर्दै उहाँले देश र पार्टी दुवै असफल हुने भएकाले एउटै व्यक्तिलाई २ पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने गरी आफूले सो प्रश्ताव गर्नु परेको बताउनु भयो । महामन्त्री शर्माले मुलुकको अस्थिरताबाट स्थिरतामा लैजाने कुरामा पनि नेपाली काँग्रेसले अग्रसरता, पहलकदमी लिनुपर्ने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*