बुटवल उपमहानगरपालिकाले आज ६७ औँ स्थापना दिवस मनाउँदै

खबरपथ संवाददाता
३ फाल्गुन २०८२, आईतवार १२:४१

बुटवल । बुटवल उपमहानगरपालिकाले आज आफ्नो ६७ औँ स्थापना दिवस मनाउँदैछ । यस वर्ष प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता लागू भएका कारण सामान्य र संक्षिप्त रूपमा स्थापना दिवस मनाइने भएको हो ।

उपमहानगरपालिकाले स्थापना दिवसको अवसरमा सप्ताहव्यापी रूपमा सञ्चालन गरिएका विभिन्न कार्यक्रम भने सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ ।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले निर्वाचन आचारसंहिताका कारण यस वर्ष स्थापना दिवसलाई संक्षिप्त तर सन्देशमूलक ढंगले मनाइने जानकारी दिनुभयो । पाण्डेले विगत वर्षहरूमा हासिल गरिएका प्रमुख उपलब्धिहरू स्थापना दिवसकै अवसरमा सार्वजनिक गरिनेपनि बताउनुभयो ।

उहाँले “उज्यालो बुटवल” अभियान अन्तर्गत नगरका मुख्य चोक तथा सडक क्षेत्रमा एक सातासम्मसरसफाइ कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

उक्त अभियानले शहरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने दीर्घकालीन लक्ष्यलाई थप सुदृढ बनाएको उहाँको भनाइ छ । साथै, उज्यालो शहर निर्माण अभियान अन्तर्गत सरसफाइ, हाईमास्ट बत्ती जडान तथा विभिन्न पूर्वाधार विकासका कामहरू प्रभावकारी रूपमा अघि बढाइएको पनि उहाँले बताउनुभयो ।

नगर प्रमुख पाण्डेयले बुटवल ऐतिहासिक, सांस्कृतिक तथा सभ्यताको महत्वपूर्ण केन्द्र भएको उल्लेख गर्दै जितगढी किल्ला र पुरानो बटौली क्षेत्रका ऐतिहासिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

बुटवललाई शिक्षा, स्वास्थ्य र खेलकुदको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित योजनाबद्ध रूपमा काम भइरहेको बताउनुभयो ।

त्यसैगरी, उपप्रमुख सावित्रा आर्यालले शिक्षा, स्वास्थ्य, रोजगारी, महिला उद्यमशीलता तथा महिलासशक्तीकरणलाई नगरको प्रमुख प्राथमिकतामा राखिएको बताउनुभयो ।

महिलाहरूको आर्थिक सशक्तीकरण बिना समग्र नगर विकास सम्भव नहुने उल्लेख गर्दै उहाँले महिला लक्षित कार्यक्रमहरूलाई थप प्रभावकारी बनाइने जानकारी दिनुभयो । साथै, शिक्षाको गुणस्तर सुधार तथा पहुँच विस्तारका लागि विशेष कार्यक्रम सञ्चालन गरिएको पनि उहाँले बताउनुभयो ।

उपमहानगरपालिकाले स्थापना दिवसलाई उपलब्धि मूलक, सन्देशमूलक र विकासमुखी कार्यक्रम मार्फत मनाउँदै बुटवललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित नगरका रूपमा पहिचान दिलाउने लक्ष्य लिएको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*