कुनैपनि केन्द्रमा मतदान रोकिएको छैन : निर्वाचन आयोग

खबरपथ संवाददाता
२१ फाल्गुन २०८२, बिहीबार १५:१५

काठमाडौं । देशभरका सम्पूर्ण मतदान केन्द्रहरूमा शान्तिपूर्ण, स्वतन्त्र र उल्लासमय वातावरणमा मतदान कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले अहिलेसम्म देशका कुनैपनि मतदान केन्द्रमा मतदान कार्य नरोकिएको र सबै ठाउँमा सुचारु रूपले सञ्चालन भइरहेको जानकारी दिनुभएको हो । मतदानको पछिल्लो अवस्थाबारे जानकारी दिँदै आयुक्त डा. तुलाधरले आम मतदाताहरू उत्साह र उल्लासका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेको बताउनु भयो । सुरक्षा व्यवस्था र मतदान केन्द्रको समग्र व्यवस्थापनका विषयमा बोल्दै उहाँले यस पटकको निर्वाचनमा सुरक्षाको दृष्टिकोणले अत्यन्तै राम्रो प्रवन्ध मिलाइएको स्पष्ट पार्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*