प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

खबरपथ संवाददाता
२१ फाल्गुन २०८२, बिहीबार १९:१३

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार बिहीवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनु भयो । उहाँले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचन तोकिएकै मितिमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिनुभयो । उहाँका अनुसार ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरेका मतदाताहरूले केही केन्द्रमा अझै मतदान गरिरहेका छन् भने खसेको मतको विस्तृत विवरण संकलन कार्य जारी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*