काठमाडौं – १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शना विजयी
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु न्यौपाने फराकिलो मतान्तरसहित विजयी भएकी छन् । काठमाडौं–१ मा रास्वपाको ‘घण्टी’ चुनाव चिन्हमा १५ हजार ४ सय ५५ मत प्राप्त गर्दै विजयी भएकी हुन ।
नेपाली कांग्रेसका प्रबल थापा ६ हजार ३६४ मतसहित निकटतम प्रतिद्वन्द्वी मात्रै रहे । अघिल्ला दुई निर्वाचनमा जित झिनो मतान्तरले पराजित हुँदै आएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गरे ।
यस्तै एमालेका मोहनराज रेग्मीले एक हजार ६१८ मत, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले ३४५ मत, श्रम संस्कृति पार्टीका समीर लामा तामाङले ४२६ मत पाएका छन् ।





















