रुपन्देही-४ मा रास्वपाका कन्हैया बनियाँ निर्वाचित
खबरपथ संवाददाता
२३ फाल्गुन २०८२, शनिबार ०६:५३
काठमाडौं । रुपन्देही-४ मा रास्वपाका उम्मेदवार कन्हैया बनियाँ निर्वाचित भएका छन् । उनले २८०६६ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमोदकुमार यादवले २० हजार २६२ मत ल्याए । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रले १५ हजार ६१३ मत ल्याए ।





















